
रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ ।
माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।
कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४४ करोड मात्र संकल्न गरेको बताएको छ ।
कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गरेकोछ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ कोटा प्रणलीअन्र्तगत दैनिक नौ वटा चिनियाँ गाडिमा रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान जलविद्युत आयोजनाका समग्री लगायत भित्रिने गरेको छ भने कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फीमात्र नाका खुला गरेकाले नेपालबाट हुने निर्यात शून्यछ ।
प्रतिक्रिया दिनुहोस्