१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक बस्नुअघि,तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता


1.105k
Shares

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएकोछ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि अहिले केहीबेरमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

सो पश्चात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको हो ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । उहाँहरुले गठबन्धनको बैठकमा प्रस्तुत हुने धारणाका विषयमा छलफल गर्नुभएको हो ।

माओवादीले अहिलेको अवस्थामा एमसस्सी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्नेभएको छ ।

एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा पर्नुभएको छ । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उहाँले गृहकार्य गरिरहनु भएको छ ।