
काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक बिना निष्कर्ष सकिएको छ ।
अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)काबारे छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्काे बैठक फागुन ८ गते बस्नेगरी सकिएको हो । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहानका लागि बैठक बोलाइएको थियो । तर आजको बैठकमा पनि कुनै सहमति हुन सकेन ।
सत्ता गठबन्धनमा सहभागी दलहरुमध्ये नेपाली कांग्रेसले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहको छ । तर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने तत्काल अघि बढाउने पक्षमा छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा चाँडो भन्दा चाँडो टेबुल हुनुपर्ने अडान राख्दै आउनु भएको छ । आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । तर बैठकको संभावित कार्यसूचिमा एमसीसी राखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्