१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रतिनिधिसभा बैठकमा एमालेकाे अवराेध कायमै, अर्को बैठक आइतबार


741
Shares

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेकाे छ ।

दिउँसो १ बजे सुरु भएको बैठकमा एमाले सांसदले रोस्टमअगाडि गएर आफ्ना माग पूरा गर्न माग गर्दै नाराबाजी गरेको हो ।

एमालेले आफ्नाे पार्टीले कारबाही गरेकाे सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसकाे माग छ ।

बैठकमा एमसीसीको टेबल गर्ने सरकारको तयारी भए पनि सत्ता गठबन्धनमा कुरा नमिलेपछि पर सारिएको छ। बैठकमा आदिवासी जनजाती आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।