२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो, बाजागाजासहित स्वागत


2.236k
Shares

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका दर्लिङमा पहिलोपटक बस पुगेको छ ।

बुटबलबाट मालिका गाउँपालिका–१ नेटा र वडा नम्बर २ ह्वाङ्दी हुँदै शुक्रबार दर्लिङमा बस पुगेको हो । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो ।

बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए ।

यसअघि बुटवल, पाल्पा, तम्घास लगायतका ठाउँबाट हिँडेरै नुन, तेल खाद्यान्न लगायतका सामग्री बोकेर लैजानुपर्ने बाध्यता थियो । गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घाससम्म पुग्नुपर्ने बाध्यता थियो ।

बसले गाउँपालिकाको वडा नम्बर– १ नेटा, वडा नम्बर– २ ह्वाङ्दी र वडा नम्बर– ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । हिउँदको समयमा यातायात सञ्चालन भए पनि वर्षायाममा भने सञ्चालन हुन सक्ने अवस्था छैन ।