
नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ ।
नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।
तीव्र गतिको बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्