१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बलिङ चम्किँदा ओमानविरुद्ध नेपालको शानदार जित


1.417k
Shares

काठमाडौं । बलिङ चम्किँदा आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा ओमानविरुद्ध नेपालले शानदार जित निकालेको छ ।

१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान, १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटिँदा नेपालले ३९ रनको शानदार जित निकालेको हो ।

ओमानका लागि नशिम खुशीले सर्वाधिक २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपाललाई शानदार जित दिलाउन कमल ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे ।

बलिङतर्फ ओमानका लागि खवर अलीले ३ विकेट लिए। यस्तै बिलाल खानले २ तथा फय्याज बट र जिशान मकसूदले १(१ विकेट लिए ।

जितसँगै नेपालको स्पष्ट दुई अंक जोडेको छ । यो जितले नेपाल ग्लोबल छनोटको सेमिफाइनल पुग्ने बाटो सहज भएको छ ।