
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा २७ गैंडा मरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि फागुन ५ गतेसम्म २७ वटा गैंडा मरेका हुन् ।
मरेकामध्ये १३ वटा प्राकृतिक कारणले मरेको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, ४ वटा बाघको आक्रमणमा परेर, ७ वटा आपसमा जुधेर र चोरी सिकारीमा परेर २ वटा गैंडा मरेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्