
काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध शुक्रबार पनि विरोध प्रदर्शन भएका छन् ।
संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियू लगायत विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएका उनीहरूले एमसीसी खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
विभिन्न राजनीतिक दलको प्रदर्शन हुने भएपछि संसद भवन आसपास र प्रदर्शन स्थलमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्