१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


राइनो गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवलाई


0
Shares

नवलपुर, फागुन १४ । नवलपुरको मध्यविन्दु २ कोल्हुवामा सम्पन्न राइनो गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ ।

आर्मीले पुलिस क्लवलाई १–० ले हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो ।

खेलको १६औँ मिनेटमा आर्मीका तर्फबाट फ्रि किकमा सुदिल राईले गरेको गोल नै आर्मीका लागि निर्णायक बनेको थियो । प्रतियोगितामा बिजेता त्रिभुवन आर्मी क्लवले १० लाख र उपविजेता पुलिसले ५ लाख पाएको छ ।