१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग साझेदारी गर्नुपर्छ : अर्थमन्त्री शर्मा


1.248k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा अर्थमन्त्री शर्माले थप साझेदारी गर्नुपर्ने बताउनुभएको हो ।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको स्मरण गराउँदै उहाँले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको पनि मन्त्री शर्माको भनाइ छ । उहाँले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र यसका लागि थप सहकार्य नेपाललाई आवश्यक रहेको बताउनुभयो ।