१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धितोपत्र बोर्डका अध्यक्षद्वारा शपथग्रहण, स्वतन्त्र रूपमा काम गर्न अर्थमन्त्रीको आग्रह


143
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गर्नुभएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताउनुभयो ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

नवनियुक्त हमालले यसअघि नेपाल विद्युत् प्राधिकरणमा ९ वर्ष कार्य गर्नुभएको थियो । त्यस्तै उहाँले विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव लिनुभएको छ ।