१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना


65
Shares

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भु–भागमा भने हुस्सु-कुहिरो लागेको छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राती भने देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।