
काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठुलोखोल्सीमा शुक्रबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
अनटेष्ट लेखेको ट्याक्टरमा सवार गढी गाउँपालिका–२ कै लामिडाँडाका २१ वर्षीय शुसिल बिश्वकर्माको लडेर मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्