
काठमाडौं । काठमाडौं महानगरपालिकामा यहि फागुन १ गतेबाट फोहोर उठ्न छाडेपछि मुख्य चोकचोकमा थुप्रियको फोहाेरका कारण उपत्यका दुर्गन्धित बन्न थालेको छ ।
यसैबीच काठमाडौं महानगरले फोहोर आफैँ व्यवस्थापन गर्न भन्दै उर्दी जारीसमेत गरेको हो । महानगरको वातावरण विभागले आज शनिबार जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आ–आफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्न अनुरोधसमेत गरेकोछ ।
काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न महानगरवासीमा उर्दी जारी गरेकोछ । सो नगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको हो । नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन सूचनामा उल्लेख गरिएको छ ।
उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदैआएको छ । तर,मडखु–तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि फागुन १ गतेदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको जनाएको छ।
उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन हुँदैआएको छ ।
प्रतिक्रिया दिनुहोस्