काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५ जनाको मृत्यु भएको हो । भारतमा हाल २ लाख ५३ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोनाका कारण कुल ५ लाख ११ हजार २ सय ३० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतमा कोरोनाको संक्रमण दर र मृत्युदर पनि घट्ने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्