१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुन्छ : महासंघ


221
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर बढाउने राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुने जनाएको छ ।

महासंघले चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षा बारे धारण सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्धवार्षिक समिक्षामा कर्जाको ब्याजदर वृद्धि हुदा व्यवसाय र वित्तिय क्षेत्रमा समस्या हुने जनाएको हो ।

राष्ट्र बैैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बैंक तथा वित्तिय संस्थालाई तरलता सहज गर्न कर्जाको ब्याजदर ५ प्रतिशतबाट वृद्धि गर्दै ७ प्रतिशत पुर्याउने निर्णय गरेको थियो ।

यस्तै महासंघले मौद्रिक नीतिको समिक्षामा ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्ने व्यवस्थाले यी कर्जामा ब्याजदर वृद्धि हुनसक्ने महासंघको निष्कर्षछ ।

भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने गर्दा निर्यात प्रवद्र्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरि आयात घटाउने उपाय अबलम्बन गर्दा अनधिकृत व्यापार बढनुका साथै मुल्य समेत अकाशिने छ ।