
काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर मनाइँएको छ ।
जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा प्रत्येक वर्ष फागुन ७ गते साे दिवस मनाउने गरिन्छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी सहितको उपस्थिति रहेकोछ ।
समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा समेत उडाइएको छ ।
साे कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट मार्च पास समेत गराइएको छ ।
राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रस्तुत गरिएकोछ ।
प्रतिक्रिया दिनुहोस्