
काठमाडौं । वाङ्मय समावेशी अनुसन्धानमा आधारित डा. विप्लव ढकालको वृहत ग्रन्थ ‘भोजपुरको वाङ्मय पुस्तक’ विमोचन भएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमकाबीच वाङ्मय पुस्तक विमोचन भएको हो ।
वाङ्मय पुस्तकका लेखक डा. ढकालले पुस्तकले समावेशी इतिहास लेखनको एउटा मोडल तयार पार्ने प्रयास गरेको बताउनुभयो ।
पुस्तकमार्फत नेपालभित्र बोलिने सबै मातृभाषाको वाङ्मय समेट्ने गरि सन्देश दिन खोजिएको उहाँको भनाइ छ ।
३७ वर्ष लगाएर तयार पारिएको सो पुस्तकको विमोचन कार्यक्रममा विभिन्न विधामा आबद्ध बुद्धिजीविहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्