२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


देशका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा


156
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ ।

आइतबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,आइतबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान हाशाखाले जनाएको छ ।
छ ।
त्यस्तै,आइतबार राती भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।