
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज आइतबार बस्दैछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक दिउँसो १ बजेका लागि बोलाइएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कार्यकालमा अस्तव्यस्त भएको अदालतलाई पुरानै अवस्था फर्काउने गरी काम गर्न शुक्रबारको फुलकोर्टमा न्यायाधीशहरुले सुझाव दिएपछि कार्कीले आजका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् ।
राणा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन ।
आजको बैठकमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्