२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशीको धम्कीमा एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल


104
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनु भएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति बिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न समेत गर्नु भएको छ ।

उहाँले सो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानून अनुसार एमसीसी टेबल गरिएको हो भन्दै जवाफ दिन समेत माग गर्नु भएको छ ।