
काठमाडौं, फागुन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गरिएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री देउवाले सम्झौंता अब पारित हुने बताउनुभएको हो ।
सत्ताघटकका नेताहरुले नै विरोध गरिरहेका बेला संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुलाई उहाँले ‘एमसीसी अब पास हुन्छ,’ भन्नुभएको हो । यसअघि बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सदनमा टेबल गर्नुभएको थियो ।
सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको बताउनुभयो । संसद बैठकपछि नेपालले आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको भन्दै टेबल गर्न मात्रै दिइएको जिकीर गर्नुभयो ।
एमसिसीमा समर्थन नरेहेको भन्दै उहाँले सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ भन्नुभयो । सोही पार्टीका अर्का नेता झलनाथ खनालले भने एमसिसीले देश नै विभाजित भएको भन्दै आफ्नो विरोध रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्