
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएपछि बैठक फागुन १२ गते बिहिबार बस्नेगरी स्थगित भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबुल गर्नुभएको थियो ।
संझौता टेबुल पछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो बिहिबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्