
काठमाडौं, फागुन ८ । एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ ।
एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन् ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिएका हुन् ।











प्रतिक्रिया दिनुहोस्