
पोखरा, फागुन ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ ।
आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो ।
यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा ठूलो क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव केही दिन देशका विभिन्न स्थानमा हावा हुरीसहितको असिना पानी पर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्