
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब छ । ब्रिगेड ११ खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेकोछ ।
सातदोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ । सातदोबाटो ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेकोछ । सातदोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ ।
त्यस्तै , च्यासल रेलिगेसनमा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्