१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरको मौसमको अवस्था आज कस्तो छ त ?


247
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

सोमबार बिहान प्रदेश –१ लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै,देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
सोमबार राती भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै, प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।