
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ ।
पहाडी भेगमा पाइने ‘पहरी फूल’को विषयमा आफूले दर्शकमाझ पुर्याउन पाउँदा खुसी लागेको निर्माता बसन्त बस्नेतले बताए ।
पहरामा फुलेको पहरी फूलले मनमा उब्जिएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता शेरचनले बताइन् ।
गीतको भिडियोमा नवराज घिमिरेको छायांकन, राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्