
संखुवासभा । भिरबाट लडेर जिल्लामा एक जनाको मृत्यू भएको छ ।
नुम बजारबाट घर फर्कँदै गरेका भिरबाट लडेर मकालु गाउँपालिका–५ आम्राङका ४१ वर्षीय सूर्यबहादर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट आइतबार विहान नुम बजार गएका राई घर नफर्केपछि खोजी गर्ने क्रममा सोमबार विहान मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
राईको टाउको लगायत जिउमा चोट पटक रहेको छ । नुम बजारबाट एक्लै साझमा घर फर्केका उनी आइतबार साँझ अप्ठेरो बाटाका कारण भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाले नुम बजारबाट आम्राङ जाने सडक निर्माणका क्रममा पैदल मार्ग पहिरो गई गोरेटो बाटो भत्किएको छ । पैदल बाटो हिड्ने स्थानीयलाई भने बाटो भत्किएर समस्यामा परेका छन् ।
स्थानीयवासी ४ महिनादेखि उक्त बाटो लहरा र डोरीको साहायताले अहिले पनि कष्टकर रूपमा ओहोरदोहोर गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्