
काठमाडौं । नेपाल (एमाले)ले केन्द्रीय विभागहरूलाई छिट्टै पूर्णता दिने भएको छ ।
३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा सोमबार बसेको एमालेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईसहित विभागका प्रमुखहरुले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए । एमालेका ३३ वटा केन्द्रीय विभाग छन् ।
एमालेले १० औं महाधिवेशनपछि ती विभागमा प्रमुखहरु तोके पनि सचिव र सदस्यहरु चयन गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्