२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


माओवादी केन्द्रको निर्देशन– ‘निर्वाचनको तयारीमा जुट्नुस्, एक वडामा तीनवटा कमिटी गठन गर्नुस्’


507
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।

माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ ।

यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ ।

यस्तै, निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनुपर्ने, गत निर्वाचनमा आएको मत परीणामको समीक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ ।

निर्वाचन आयोगले ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरू त्यसको तयारीमा लागेका छन् ।