१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


कोरोनाको नक्कली रिपोर्ट बनाएको आरोपमा गंगालाल अस्पतालका पूर्व ल्याबइन्चार्ज यादवविरुद्ध भ्रष्टाचार मुद्दा


117
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको अख्तियारको आरोप छ । रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको पाइएको पनि अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ ।

यादवले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूर भएकाले विशेष अदालतमा मुद्द दिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।