
काठमाडौं । विगत केही दिनदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार दोहोरो अंकले सुधारिएको छ ।
उतार चढावबीच २५ अंकले बढेको बजार २७ सय १८ विन्दुमा पुगेर थामियो । कारोबार र सेयर संख्यामा कमी आएको बजारमा सामान्य अंकले सबै उपसूचक भने बढेका छन् ।
सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।
सोमबार १ सय ५४ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन २ सय २४ कम्पनीको ४९ लाख कित्ता सेयर २ अर्ब ९९ करोड बढीमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्