१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो


260
Shares

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरूको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ ।

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

सोमबार तथ्याङ्क सार्वजनिक गरेको संघले कर्जा ४ अर्बले बढेको जनाएको छ ।

माघ अन्त्यमा ४१ खर्ब ५५ अर्ब रहेको कर्जा फागुन ६ गतेसम्ममा ४ अर्बले वृद्धि भई ४१ खर्ब ५९ अर्ब पुगेको छ ।