१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते


260
Shares

डडेल्धुरा । जिल्लाको पाटन नगरपालिका–३ को झालीमालीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

झालीमालीमा गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर सडकबाट तीन सय मिटर तल झरेको बताइएको छ ।

टिपरमा बैतडीको सिगास माध्यमिक विद्यालयका विद्यार्थीहरू रहेको बताइएको छ । टिप्परमा २५ जना विद्यार्थी चढेका थिए । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।