
फाइल तस्विर
बागलुङ, फागुन १० । बागलुङको बडिगाडमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परि दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर-७ मा सडक खन्ने क्रममा माथिदेखि खसेको सुख्खा पहिरोले पुरिँदा स्थानीय गोपिराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विराट पौडेलले जानकारी दिनुभयो ।
मंगलबार बिहान बडिगाड गाउँपालिका-७ मा इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरैको स्थलमा पुगेका विकको पुरिएर मृत्यु भएको बताइएको छ । पहिरोका कारण स्थानीय कृष्ण विक र दुर्गा बिक घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्