११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


४७६ संक्रमित थपिए, ३ जनाको मृत्यु


104
Shares

काठमाडौं, फागुन १० । देशभर पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका अनुसार ६६०४ जनामा पीसीआर र २८२० जनामा एन्टीजेन परीक्षण गर्दा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

मंगलबार कोरोनाबाट ८३१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १०१, भक्तपुरमा १५ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।