
बैतडी, फागुन १० । बैतडी, दार्चुला, लगायतका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार ४ दशमलब १ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको कोटपेटरा रहेको छ ।
भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्