२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


विदेश पठाइदिन्छु भन्दै ४५ लाख भन्दाबढी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ


182
Shares

चितवन, फागुन १० । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छीन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने ३८ वषीया मिना चौधरीलाई पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारमा राम्रो कमाई हुने, आफूले चिनजानका तथा आफन्तबाट भिसा मगाएर कम रकममा नै विदेश पठाई दिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ ।

हालसम्म उनले ३८ जना व्यक्तिहरुसँग ४५ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई ठगी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।