
काठमाडौं, फागुन १० । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न मंगलबार साँझ बालुवाटार पुग्नुभएको बताइएको छ ।
ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुग्नुभएको हो ।
यस्तै, कांग्रेसको तर्फबाट मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का भेटमा सहभागी भएको बताइएको छ ।
संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल भएको हो । सत्तारूण गठबन्धनमा रहेका न(माओवादी केन्द्र र नेकपा एसले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाउनुभएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्