९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु


286
Shares

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।दर्जनौ घाइतेलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिएको छ ।

उक्त सुन खानीमा काम गर्ने मजदुरहरु अधिकांश देशका अन्य क्षेत्रबाट विस्थापित भएका शरणार्थीहरु थिए । घटनाबारे छानविन थालिएको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक हो ।

सन् २०२० मा यो देशले ५४ टन सुन उत्पादन गरेकोथियो ।