२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

अर्थमन्त्रीले पेश गर्ने सम्भावित कार्यसूची

104
Shares

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार (भोलि)को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।

प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिनुभयो ।