१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनकुटामा एमसीसीबारे जनमत संग्रह


2.444k
Shares

धनकुटा, फागुन ११ । अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितीमा संसदबाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी प्रदेश न १ को आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी धनकुटाको संयोजनमा बुधबार धनकुटाका चुवाको बोटमा सडक जनमत संग्रह कार्यक्रम गरिएको छ ।

सडक जनमत संग्रहमा २ सय ८८ जनाले मत खसालेकोमा यथास्थितीमा पास गर्नु हुँदैन भन्ने पक्षमा २ सय ७२, यथास्थितीमा पास गर्दा हुन्छ भन्ने पक्षमा ११ मत र ५ मत बदर भएको आयोजकले जनाएको छ ।