
काठमाडौं । भारतीय अभिनेत्री आलिया भट्टले अभिनेता रणबीर कपुरलाई पहिलोपटक पर्दामा देख्ने बित्तिकै उनी रणबीरसंग प्रेममा परेकी थिइन् ।
त्यही दिनदेखि आलियाले रणबीरसंग बिवाहा गर्ने तय गरेकी थिइन । तर त्योबेला उनी सानै थिइन् । पछि उनले सोचेजस्तै भयो आलिया रणबीरसंग प्रेममा परिन् ।
आलिया उनको आउदै गरेको फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रमोशनका लागि दिल्लीमा छिन् । उनको फिल्म २५ फेब्रुअरिमा रिलिज हुँदैछ । संजय लिला भन्सालीको निर्देशनमा बनेको यो फिल्म आलियाको करियरको लागि निकै महत्वपूर्ण रहेको छ ।
आलियाले फिल्म प्रमोसनको समयमा आफ्नो प्रेमी रणबीरसँग विबाहको बारेमा भारतीय संचारमाध्यमसंग खुलेर कुरा गरेकी छिन् । आलिया भन्छिन् ‘मलाई मेरो विबाहबारे धेरैले प्रश्न गर्नुहुन्छ, मेरो मनमा एउटै कुरा आउछ कि त्यो तपाइँहरुको चासोको विषय होइन । हाम्रो बिवाह दिमागमा छ । हामी केहि शान्ति चाहान्छौं । हामी स्थिर छौं, हामीले निर्णय गरिसकेका छौँ, हामी पे्रम सम्बन्धमा छौँ, अब यो प्रश्नलाई छोडेर अगाडि बढ्नुहोस् । जब समय आउने छ तब विबाह हुनेछ’ । आलिया थप्छिन्–‘मैले रणबीरसंग आफ्नो दिमागमा धेरै पहिला बिवाह गरिसकेको छु ’।
आलिया र रणबीर पछिल्लो केहि वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् । आयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’को सेटमा उनीहरुको भेट भएको थियो ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्