
काठमाडौं । आईसीसी टी–ट्वान्टीे क्रिकेटको नयाँ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेल २६ स्थान माथि उक्लिएका छन् । उनी नयाँ वरीयतामा ३९ औं स्थानमा पुगेका छन् । भुर्तेल यसअघि ६५ औं स्थानमा थिए ।
यस्तै, दिपेन्द्र सिंह ऐरी पनि ५० औं स्थानमा पुगेका छन् । यसअघि उनी ५२ औं स्थानमा थिए । बलिङमा सन्दीप लामिछानेले पनि ठूलो छलाङ मारेका छन् । उनी ६३औं स्थानबाट ४३औं स्थानमा पुगेका छन् ।
ओमान भ्रमणमा रहेको नेपाली टिमले चार देशीय र टी–२० विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रले दुई सय ७० रन बनाएका थिए ।
जसका कारण उनको वरीयतामा सुधार भएको हो । उनले युएईविरुद्ध ४१, आयरल्याण्डविरुद्ध २८, फिलिपिन्सविरुद्ध ८३, क्यानडाविरुद्ध २७ र युएईविरुद्ध ३८ रन बनाएका थिए ।
यस्तै कुशलले आयरल्याण्डविरुद्ध १५, ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १ सय ४ र यूएईविरुद्ध ७ रन बनाएका थिए । कुशल आईसीसीको वरीयताको शीर्ष ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
यस्तै अभिनाश बोहराले पनि १२ स्थान सुधार गर्दै ८६ औं स्थानमा पुगेका छन् । तर टिमको वरीयतामा भने दुई स्थान तल झरेर १५औं पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्