१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा रिटर्नी फेडेरेशन नेपालको शाखा विस्तार


78
Shares

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो २२औँ जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको शाखा चितवनमा पनि विस्तार गरेको छ ।

बुधबार भएको जिल्ला भेलाले दिलकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाएको हो । समितिको उपाध्यक्षमा बुद्धिराज अर्याल, सुलभ वन्धु पोखरेल, सचिवमा अमृत घिमिरे, उप सचिवमा सन्जय महतो र सुरेश मरहठ्ठा चयन भएका छन् ।

२१ सदस्यीय समितिमा अहिले कोषाध्यक्ष र केही सदस्य खाली रहेका छन् । खाली रहेको पदहरुमा पछि मनोनित गरिने संगठनका केन्द्रीय सदस्य एवम चितवन जिल्ला इन्चार्ज मनोज अर्यालले जानकारी दिनुभयो ।

तदर्थ समितिले थप सदस्यहरु विस्तार गर्ने,अन्य पालिकाहरुमा पनि कमिटी गठन गर्ने र केन्द्रीय महाधिवेशन पछि जिल्लामा समेत महाधिवेशन गर्ने अर्यालले जानकारी बताउनुभयो ।

एमाले पार्टी कार्यालय चितवनमा भएको उद्घाटन सत्रमा बोल्दै पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले कान्छो संगठन भएपनि फरक कोण र उद्देश्य लिएर आएको बताउनुभयो ।

विदेशबाट सीप र ज्ञान लिएर नेपाल फर्किएका व्यक्तिहरुलाई समावेश गरेर बेरोजगार हुन नपर्नेगरी उद्यमशीलता विकासमा रिटर्नी फेडेरेसन संगठनले महत्वपूर्ण काम गर्ने उहाँको भनाइ छ ।