
पोखरा । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको अभियोगमा किटानी जाहेरी दर्ता भएको छ ।
नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता भएको तनहुँ प्रहरीले जनाएको छ ।
यसअघि कास्कीमा उजुरी दर्ताको प्रयास गरिए पनि प्र्रहरीले कार्यक्षेत्र नपर्ने भनेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको हो ।
बालिकाको परिवारले तनहुँ पुगेर किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
नाबालिग गायिकाविरुद्ध पोखरास्थित प्राइम होटलमा पहिलोपटक र अन्तिमपटक तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बलात्कार भएको जाहेरीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्