
काठमाडौं, फागुन ११ । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ ।
विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो ।
तारा एअरको नाईन एनएलओ टुइनअटर विमान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्ट अवतरण गरेको थियो ।
तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताउनुभयो । उहाँले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेकोसमेत बताउनुभयो ।
त्यस्तै, तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताउनुभयो । अबका दिनमा सो विमानस्थलमा आइतबार र बिहीबार दुई दिनको लागि उडान तालिका बनाएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्