१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


७५ एमबीपीएस इन्टरनेट र भायाटिभी ८ सय रुपैयाँमा


676
Shares

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनीप्याकको नयाँ अफर सुरू गरेको छ ।

नयाँ अफर अन्तर्गत ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेज र भायाटिभी पाउने सकिने कम्पनीले जनाएको छ ।

अफरमार्फत ग्राहकले उच्च–गतिको इन्टरनेटको साथै १७५ भन्दा धेरै च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरूको सुविधा पाउने कम्पनीको दाबी छ ।

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबीमोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि प्रतिमहिना ८०० सय रुपैयाँमा उक्त अफर लिन सक्छन् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।